स्थानीय निकायको निर्वाचन गराउन आदेश

काठमाडौं, २२ कात्तिक । सर्वोच्च अदालतले छिटो भन्दा छिटो स्थानीय निकायको निर्वाचन गराउन सरकारलाई निर्देशनात्मक आदेश दिएको छ ।
प्रधानन्यायाधीश खिलराज रेग्मी र न्यायाधीश प्रकाश वस्तीको संयुक्त इजलासले आज सो आदेश दिएको हो । स्थानीय निकायको निर्वाचन माग गरेर दायर भएको रिटको सुनुवाईमा यथाशक्यछिटो निर्वाचन गराउन आदेश दिएको सर्वोच्चले जनाएको छ ।
२०५६ सालदेखि मुलुकमा स्थानीय निकायको निर्वाचन हुन सकेको छैन ।

प्रतिक्रिया