निर्देशक शरद अधिकारी प्रदर्शनमा रहेको चलचित्र नबोले नि हाँसिराखन को प्रचारप्रसारका लागि दिनरात एक गरिरहेका छन् । प्रचारप्रसारका लागि यत्तिको खटाइ त उनले आफ्नो फुल निर्देशनको पहिलो चलचित्र नैनारेसम अनि दोस्रो नाइटक्विनमा पनि गरेनन् होला । सबैले अनुमान गरे– लामो समय सहायक निर्देशकमा खुम्चिएर फुल निर्देशन पाएपछि सफल निर्देशक बन्ने चाहनाले यसो गरेका होलान् । अघिल्ला दुई चलचित्रले व्यापार पनि उति नराम्रो गरेका थिएनन् । तर, एकसाथ तीन चलचित्रसँग जुधेर प्रदर्शन गर्नुपरेकाले अहिलेको स्थिति पहिलेजस्तो सहज छैन ।
अहिलेको दौडधूप यस्तो छ कि मानौँ उनी यो चलचित्रको निर्देशक मात्र होइन, निर्माता पनि हुन् । र, उनको लाखौँ रुपियाँ डुब्नेवाला छ । बरु चलचित्रकी निर्मात्री शान्ति गिरीचाहिँ आरामले चुप लागेर बसेकी छन्, चलचित्र प्रमोसनका लागि मिडियामा कहीँकतै पुगिरहेकी छैनन्, न त हलमै समय दिन सकिरहेकी छन् ।
पारिश्रमिक हात परिसकेपछि जे त होस् भन्दै निर्माताको टाउकोमा सबै झन्झट हालिदिएर आफू ढुक्कले बस्ने निर्देशकहरूको भीडमा शरदचाहिँ किन अपवाद बन्न खोजेका त ? कसैकसैले अनुमान गरे– पक्कै दालमें कुछ काला हे † हुन पनि गाँठी कुरो त अर्कै पो रहेछ ।
चलचित्र चलिरहँदा पनि आफ्नै व्यवसायमा व्यस्त हुन परेपछि निर्मात्री शान्तिले शरदलाई प्रचारप्रसारको व्यवस्था मिलाइनदिनुस् न भनेर सहयोगको आग्रह गरेकी रहेछन् । यसैको मौकामा चौका हान्दै प्रचारप्रसारको बहानामा विभिन्न शीर्षकमा निर्मातासँग पैसा पनि असुल्ने पाउने अवस्था बाठा शरदले देखिहाले । अलिअलि खर्च गर्यो, बाँकी सबै आपैँm झ्वाम † अनि त किन अल्छी मान्थे, पैसा देखेपछि महादेवको पनि….† चलचित्रको प्रोमोबाट हात पार्ने कमिसन त छँदै छ, अन्य मिडियामा समाचारका रूपमा प्रचारप्रसार गर्दा पनि पैसा खर्च भयो भनेर निर्मात्रीसँग फेरि नगदनारायण तानिहाल्दा रहेछन् । जबकि, विज्ञापनबाहेक समाचार हाल्दा पत्रिकामा पैसा लाग्दैन भन्ने सामान्य कुरा पनि थाहा नपाएकी गीता पनि कस्ती हुस्सू त † यो चर्चा सुनेपछि कसैकसैले कुरा काट्न थालिसके– मक्खिचुस पारा अपनाउँदा समेत फाइदा उठाउन नसकिरहेका निर्माताहरूका बीचमा यी निर्मात्रीले चलचित्र बनाएर के खालिन् खोइ †
त्यसमाथि पैसा खर्च हुन्छ भन्दै शरद गीतालाई मिडियामा एक्सपोज हुन पनि दिँदा रहेनछन् । उनी मिडियामा नआएपछि प्रचार खर्चबारेको पोल पनि खुल्ने भएन । अब दुई–चार दिन खटिदिएकै भरमा निर्देशनबापतको पारिश्रमिकबाहेक एक्स्ट्रा इनकम पनि हुन्छ भने कसरी मन थामून् त शरदले पनि † एकातिर पैसा आउने, अर्कातिर निर्मात्रीलाई खुब सहयोग गरिदिएजस्तो देखाएर अर्को चलचित्रमा पनि लगानी गराउन सक्ने सम्भावनासमेत बढ्ने † आइडिया त काइदाकै हो बा †
प्रतिक्रिया