दाहाल र राजदूत अर्सदबीच भेटबार्ता

काठमाडौं, २१ कात्तिक । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग नेपालका लागि पाकिस्तानका राजदूत अर्सद साउद खोसाले भेटवार्ता गरेका छन् ।
लाजिम्पाटस्थित दाहाल निवासमा आज भएको भेटवार्तामा नेपालको समसामयिक राजनीतिक अवस्थाका बारेमा कुराकानी भएको एमाओवादीका प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए । दाहाल र अर्सदबीचको भेटवार्ता शिष्टाचार मात्रै रहेको पनि सापकोटाले उल्लेख गरे ।
भेटमा पाकिस्तनका राजदूत अर्सदले नेपालको शान्ति प्रक्रिया सफल भएकोमा खुसी समेत व्यक्त गरे ।

प्रतिक्रिया