अफ्गानिस्तानमा दुई नेपालीको हत्या

काठमाडौं, १५ कात्तिक । अफ्गानिस्तानको हेलमण्ड प्रान्तमा अज्ञात समूहको गोली प्रहारबाट बेलायती गोर्खा सैनिकमा कार्यरत दुई नेपालीको ज्यान गएको छ ।
अफ्गानी प्रहरीको पोशाक लगाएर आएका व्यक्तिले प्रहार गरेको गोली लागेर उनीहरुको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
उनीहरुको नाम र ठेगाना खुलाईएको छैन । चेकप्वाईन्टमा उनीहरुलाई मंगलबार गोली प्रहार भएको थियो । उनीहरु गोर्खा राईफल्सको फष्ट बटालियनमा कार्यरत रहेको बेलायती रक्षामन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । एजेन्सी

प्रतिक्रिया