भारतमा मन्त्रिमण्डल विस्तार

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री मनमोहन सिंहले आफ्नो मन्त्रिमण्डललाई विस्तार गरेका छन् ।
उनको विस्तारित मन्त्रिपरिषदमा सबै नयाँ अनुहार रहेको वीवीसीले जनाएको छ । आइतबार विस्तार गरिएको मन्त्रिमण्डलका नयाँ मन्त्रीहरुलाई भारतीय राष्ट्रपति प्रणब मुखर्जीले शपथ दिए ।
मन्त्रिपरिषदका वरिष्ठ मन्त्री के. रहमान खानले सबै भन्दा पहिला शपथ लिए । शपथ लिनेमा मन्त्रीमा दिन्शा पटेल, अजय माकन, एमएम पल्लम राजू, अश्विनी कुमार, हरीश रावत र चंद्रेश कुमारी रहेका छन् ।
आंध्र प्रदेशका सांसद तथा फिल्मी कलाकार चिरंजीवी र कांग्रेसका प्रवक्ता मनीष तिवारीले पनि स्वतंत्र प्रभार राज्य मन्त्री भएका छन् ।
के सुरेश, तारिख अनवर, केजे प्रकाश, रानी नारा, एएच खान चौधरी र अधीर रंजन चौधरीसहित १३ राज्य मन्त्रीले पनि शपथ लिएका छन् ।
प्रियरंजन दासमुंशीकी पत्नी दीपा दासमुंशी र अरुणाचल प्रदेशका सांसद निनॉन्ग एरिंगले पनि राज्य मन्त्री की शपथ लिए ।

प्रतिक्रिया