प्रहरी र गाँजा तस्कारबीच झडप

वीरगञ्ज, ६ कात्तिक । पर्साको झखरा मसिहानीमा प्रहरी र गाँजा तस्कर समूहबीच भिडन्त भएको छ ।
आइतबार राति जानकीटोला प्रहरी चौकीबाट खटिएको प्रहरीको गस्ती टोलीले गाँजा तस्करलाई नियन्त्रणमा लिने क्रममा प्रहरी र तस्कर समूहबीच भिडन्त भएको हो ।
आइतबार राति दस बजे २०–२५ जनाको समूहमा रहेका तस्करले प्रहरीको टोलीलाई  देख्ने बित्तिकै गोली चलाउँदा जवाफमा प्रहरीको टोलीले पनि फायरिङ्ग गरेको जनाईएको छ ।
तस्करका तर्फबाट चार राउण्ड र प्रहरीको तर्फबाट ११ राउण्ड गोली फायर भएको पर्सा प्रहरीले जनाएको छ । गाजा तस्करहरु भाग्न सफल भएपनि घटनास्थलबाट साढे ३ क्वीन्टल गाँजा बरामद भएको छ ।
बरामद गरिएको गाँजा आवश्यक कार्वाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको जानकीटोला प्रहरी चौकीले जनाएको छ ।

प्रतिक्रिया