इलाम : वडादसैँ र तिहार नजिकिन थालेपछि इलामका सरकारी कार्यालय र विभिन्न विकासे संघ/संस्थामा चन्दा माग्नेको लर्काे लाग्न थालेको छ ।
विभिन्न राजनीतिक दल र त्यसका भातृ संगठन साथै अन्य विभिन्न संगठन र व्यक्तिले मनोरञ्जनात्मक कार्यक्रम गर्ने भनी विकासे संघ/संस्थाका प्रमुखलाई चन्दा माग्न थालेका छन् । एकपछि अर्को गर्दै सहयोगका नाममा चन्दा माग्न आउनेको लहर लाग्न थालेपछि कार्यालय प्रमुख तथा लेखापाल हैरान बनिरहेका छन् । त्यस्ता व्यक्तिले एक हजारदेखि १० हजार रुपियाँसम्म चन्दा माग्ने गरेको कार्यालयका कर्मचारीले बताए ।
नाम उल्लेख नगर्ने सर्तमा एक कार्यालयका प्रमुखले भने, ‘एकपछि अर्को गर्दै चन्दा माग्नेको लर्काे आउँछ, दिउँ भने बजेट छैन, नदिउँ भने थर्काएर जान्छन्,’ उनी थप्छन्, सरकारले निकासा दिएको एक तृतीयांश बजेटले कर्मचारीलाई तलब खुवाउनै ठिक्क पुगेको छ ।
दसँैको मौका छोपेर चन्दा माग्नेको संख्या बढ्न थालेपछि विभिन्न कार्यालयका प्रमुख कार्यालय छाडेर फिल्डतर्फ जान थालेका छन् । चन्दा माग्ने धेरै भएपछि जिल्ला विकास समितिमा गाविस सचिव कामम आउन छाडेका छन् । विभिन्न संगठनले चन्दा माग्ने गरेकाले आफूहरूको काममा समेत अवरोध उत्पन्न भएको सचिवहरूले बताए । यता गृह मन्त्रालयले विज्ञप्ति प्रकाशित गरी जबरजस्ती चन्दा माग्न आएमा तत्काल प्रमुख जिल्ला अधिकारी वा प्रहरीमा खबर गर्न सबैलाई आग्रह गरेको छ । (सौस)
प्रतिक्रिया