बाबु–छोराबीच उपाधि भिडन्त

काठमाडौं : श्रेष्ठ कन्सट्रक्सन खुला स्क्वास प्रतियोगिताको पुरुष एकलको उपाधिका लागि बाबु हीराबहादुर थापा र उनका छोरा अमृत शनिबार भिड्ने भएका छन् । सातदोबाटोस्थित स्क्वास एकेडेमीमा शुक्रबार भएको सेमिफाइनलमा हीराले प्रवीणवीरसिं कंसाकारलाई
१६–१४, ११–४ र ११–३ ले हराए भने अमृतले सुदीपबहादुर सिंहको चुनौती ११–६, ११–७ र ११–७ ले समाप्त पारे ।
विश्व स्क्वास दिवसको उपलक्ष्यमा नेपाल स्क्वास एन्ड र्‍याकेट्स संघद्वारा आयोजित प्रतियोगिताको पुरुष एकलकै प्लेटतर्फ छविलाल पाइजा र दिलीपनरसिंह अधिकारी फाइनलमा प्रवेश गरेका छन् । छविले किरण महर्जनलाई १२–१०, १३–११ र ११–४ तथा दिलीपले राजेन्द्र शाक्यलाई ११–८, ११–७ र ११–५ को सोझो सेटमा हराए । महिला एकलको राउन्ड रविन लिगमा निलिमा मल्लले स्नेहा वंशल वंशलमाथि १२–१०, ११–८, १०–१२, १२–१४ र ११–८ को कठिन जित निकाल्दै ९ अंक बटुलिन् । (सौस)

प्रतिक्रिया