बिद्युत् आयोजनाका सदस्य लुटिए

अछाम, ३ कात्तिक । अछाम जिल्लामा सेलागार्ड लघु जल बिद्युत आयोजनाका सदस्य मानबहादुर सार्कीसँग रहेको रकम दैलेखमा लुटपाट भएको छ ।
कालेकाँडामा रहेको आयोजनाका सदस्य सार्कीको साथमा रहेको नगद ४४ हजार रुपियाँ लुटपाट भएको प्रहरीले जनाएको छ ।
बिहीबार राति लु.२ त १४२७ नम्वरको ट्याक्टरमा सिमेन्ट लोड गरी लैजाँदै गरेका सार्कीलाई दैलेखको राकम–८, भेल्तडीमा स्थानीय १८ बर्षीय कृष्ण माझी लगायतका ७/८ जनाको समूहले लुटपाट गरेको प्रहरीले जनाएको छ ।
लुटपाट गर्ने क्रममा उनीहरुले सर्कीलाई धारिलो हतियार देखाई ढुंगामुढा समेत गरेका थिए । लुटपाट गर्ने माझीको समूह फरार छ ।

प्रतिक्रिया