पाकिस्तानमा हवाई आक्रमण

इस्लामावाद : पाकिस्तानको उत्तरपश्चिममा पर्ने आदिबासी इलाका खैबरक्षेत्रमा पाकिस्तानी सैनिकले गरेको हवाई आक्रमणमा कम्तीमा आठ चरमपन्थीको मृत्यु भएको छ । आक्रमणमा अन्य सात चरमपन्थी घाइते भएको स्थानीय टेलिभिजनले जनाएको छ । पाकिस्तानको स्वामित्वमा रहेको खैबर प्रान्तको बाराक्षेत्रमा चरमपन्थीहरू लुकेर बसेको इलाकालाई लक्ष्य गरी आक्रमण गरिएको थियो ।   राज्यद्वारा सञ्चालित टेलिभिजन पिटिभीका अनुसार अत्याधुनिक युद्धक विमानमार्फत आक्रमण गरिएको थियो ।
खैबर प्रान्त पाकिस्तानको सात आदिबासी क्षेत्रमध्ये एक हो । सो क्षेत्र पाकिस्तान र अफगानिस्तानको सीमा क्षेत्रमा पर्दछ । सो क्षेत्रमा चरमपन्थी संगठन अलकायदा, तालिवानीलगायत विभिन्न चरमपन्थी समूहमा आबद्ध लडाकुले आश्रय लिने गरेको  बताइन्छ । (सिन्ह्वा)

प्रतिक्रिया