कारबाही पछि बोगटी एमाओवादी फर्किए

बाजुरा, २ कात्तिक । बाजुरा जिल्लामा नेकपा–माओवादीका १ सय ५१ जना नेता तथा कार्यकर्ताले नेतृत्वको कार्यशैली एमव् नीतिप्रति असहमति जनाउँदै पार्टी परित्याग गरेका छन् ।
उनीहरुले नेकपा–माओवादीले अँगालेको बाटो सही नभएको भन्दै फेरि एकीकृत माओवादीमा फर्र्किएको आज जारी संयुक्त विज्ञप्तिमा उल्लेख छ । नेकपा–माओवादी नेता सहदेव बोगटीको नेतृत्वमा १ सय ५१ जना नेता तथा कार्यकर्ताले पार्टी छोडेर पुनः एमाओवादीमा नै फर्किएको जाएका छन् ।
‘मोहन बैद्य नेतृत्वको नेकपा–माओवादीमा क्रान्तिकारी धार सत्ता र संर्घषको दुबै सम्भावना छैन,’ विज्ञप्तिमा भनिएको छ, ‘उदेश्य विहिन पार्टीमा बस्नुको अर्थ नरहेकाले सामूहिक रुपमा पार्टी परित्याग गरेका छौं ।’
संर्घषको मर्म र भावना नबुझी पार्टीलाई विभाजन गर्नु दुःखद् विषय रहेको बताएका उनीहरुले बैद्य नेतृत्वको नेकपा–माओवादीले नयाँ क्रान्ति गर्न नसक्ने अवस्थाको सिर्जना भएको आरोप लगाए ।
नेकपा–माओवादी छाडेर एमाओवादी फिर्ता हुनेमा कारबाहीमा परेका सहदेव बोगटी, सुरेश रोकाया, रमेशराज विक, नन्दवीर रोकाया, नन्दराज पण्डितलगायत रहेका छन् ।
खप्तड क्षेत्र विकास समितिका अध्यक्ष समेत रहेका बोगटीले आर्थिक अनियमितता गरेको आरोपमा नेकपा–माओवादीले कारबाही गरेको थियो । कारबाहीमा परेका उनले आफू निकटकाहरुको समूह बनाएर एमाओवादी प्रवेश गरेको घोषणा गरेका हुन् ।

प्रतिक्रिया