एमाओवादीलाई खुसी बनाउँन पुनःस्थापना

दाङ, १ कात्तिक । कांग्रेस केन्द्रीय सदस्य दीपक गिरीले पार्टीका केही प्रभावशाली नेताहरुले सत्ता पाउने लोभमा संविधानसभा पुनःस्थापनाको एजेण्डा उठाएको आरोप लगाएका छन् ।
उनले भने, ‘एमाओवादीले सत्ता दिन्छ भन्ने लोभमा उसलाई खुसी बनाउँन संविधानसभा पुनःस्थापनाको कुरा गरेका हुन् ।’
गृह जिल्ला दाङको तुल्सीपुरमा आज रिपोर्टर्स क्लव नेपालले आयोजना गरेको साक्षत्कारमा गिरीले कांग्रेस पुनःस्थापनाका पक्षमा नरहेको दाबी गरे ।
‘पार्टीको नीति नयाँ जनादेशमा जाने छ,’ उनले भने, ‘पुनःस्थापनाको विषय दिवा स्वप्न मात्रै हो ।’
एमाओवादीले सत्ता कब्जा गर्ने नियतले आफैले हत्या गरेको संविधानसभालाई पुनःस्थापना गराउने प्रयासमा लागेको कांग्रेस नेता गिरीको भनाई थियो । ‘एमाओवादीले सत्ता लम्बाउन हत्या गरेको संविधानसभा आवश्यक छैन,’ उनले भने, ‘सत्ताकब्जाको रणनीति पुरा हुँन दिंदैनौं ।’

प्रतिक्रिया