हामीबीच सम्बन्ध चिसिएको छैनः प्रधानमन्त्री

काठमाडौं, ३० असोज । राष्ट्रपति डा.रामवरण यादव र प्रधानमन्त्री बाबुराम भट्टराईबीच भेटबार्ता भएको छ ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आज भएको भेटमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, सरकारको कामकारबाहीलगायतका विषयमा कुराकानी भएको प्रधानमन्त्री भट्टराईले जानकारी दिए । भेटमा प्रधानमन्त्रीले राष्ट्रपतिलाई दसैंको शुभकामना समेत दिएका छन् ।
भेट पछि सञ्चारकर्मीसँग कुरागर्दै भट्टराईले आफू र राष्ट्रपतिबीच कुनै पनि प्रकारको सम्बन्ध नविग्रिएको बताए । उनले सम्बन्ध विग्रिएको भन्ने समाचार सबै हाल्ला मात्रै रहेको टिप्पणी गरे ।
राष्ट्रपति डा.यादव र प्रधानमन्त्री भट्टराईबीच सार्वजनिक अभिव्यक्तिलाई लिएर कटुता चलिरहेका समयमा भेट भएको हो ।

प्रतिक्रिया