तेस्रो राष्ट्रिय बिच भलिबल फेवाकिनारमा सुरु

पोखरा, ३० असोज । पोखराको पर्यटकीय स्थल फेवातालको किनारामा सोमबारदेखि तेस्रो संस्करणको राष्ट्रिय पुरुष बिच भलिबल प्रतियोगिता सुरु भएको छ । सोमबार भएको उद्घाटन खेलमा पश्चिमाञ्चलका रमेश केसी र अमृत केसीले नेपाल आर्मी क्लबका दीपक थापामगर र केशव पाण्डेलाई २१–१७ र
२१–१४ को सोझो सेटमा पराजित गरे । आर्मीको पहिलो रोजाइको टोलीले पूर्वाञ्चल विकास क्षेत्र ‘ए’ लाई २१–८ र २१–५ को सोझो सेटमा पराजित गरेको छ । अर्को खेलमा सुदूरपश्चिमाञ्चल ‘ए’ ले मध्यमाञ्चललाई
२१–१४ र २१–१२ को सोझो सेटमा हरायो ।
विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ) ‘ए’ ले विश्वविद्यालय खेलकुद संघको टोलीलाई २१–१३ र २७–२५ को सेटमा पराजित गर्‍यो । सशस्त्र प्रहरी बल एपिएफ ‘बी’ ले विश्वविद्यालय खेलकुद संघलाई २१–६ र २१–५ को सेटमा पराजित गर्‍यो ।
नेपाल पुलिस ‘ए’ टोलीले पूर्वाञ्चल ‘बी’ लाई २१–१२, २१–८ को सोझो सेटमा पराजित गरेको छ । पुलिस ‘बी’ ले मध्यपश्चिमाञ्चललाई २१–१५ र २१–११ को सेटमा पराजित गरेको छ । पश्चिमाञ्चल ‘बी’ ले सुदूरपश्चिमाञ्चल ‘बी’ लाई २१–१९ र २१–७ को सोझो सेटमा पराजित गर्‍यो । मंगलबार लिगचरणका १२ खेल सञ्चालन हुनेछन् ।
नेपाल भलिबल संघको आयोजनामा
१ कात्तिकसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव युवराज लामाले गरे । कार्यक्रममा बोल्दै सदस्य–सचिव लामाले पोखरा रंगशालाको प्याराफिट मर्मतमा राखेपले बजेट विनियोजन गरेको बताए । ०४० सालमा निर्माण भएको उक्त प्याराफिट मर्मतको पर्खाइमा रहेको छ । प्रतियोगितामा विभागीय र क्षेत्रीय गरी १६ टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा नेपाल पुलिस, नेपाल आर्मी, एपिएफका दुई/दुई मध्यमाञ्चल विकास क्षेत्र र विश्वविद्यालय खेलकुद संघ एक/एक टोली र अन्य चार विकास क्षेत्रका २/२ टोली रहेका छन् ।
लिगकम नकआउटका आधारमा खेलाइने प्रतियोगिताको विजेताले २० हजार, उपविजयीले १५ हजार, तेस्रो हुनेले १० हजार र चौथो टोलीले ५ हजार रुपियाँ पाउनेछन् । प्रतियोगिताको पहिलो संस्करण कामाठमाडांैको गौशालामा र दोस्रो नेपालगन्जमा भएको थियो । राष्ट्रिय खेलाडी टहलसिंह थापामगर र रमेश केसीको पश्चिमाञ्चल ‘बी’ टोलीको प्रतिनिधित्व गरेका छन् । नेपाल पुलिसका सञ्जय अर्याल र इम राना ‘ए’ र भरत शाह र चन्द्र कँुवर ‘बी’ समूहबाट सहभागी हँुदै छन् ।

प्रतिक्रिया