काठमाडौं, २९ असोज । नेपाल प्रेस युनियनले श्रमजीवी पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघलाई भ्रष्टाचारको आक्षेप लागेको भन्दै छानविनको माग गरेको छ ।
युनियनका महासचिव शिव लम्सालले आज विज्ञप्ति जारी गरेर महासंघका पदाधिकारीहरुद्वारा महासंघकै प्रतिष्ठामा आँच आउने गरेर सञ्चार माध्याममा आएका समाचार प्रति युनियनको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।
‘पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघको प्रतिष्ठा र छविमा गम्भीर चासोको बिषय बनेको छ,’ विज्ञप्तिमा भनिएको छ ।
महासंघका केन्द्रीय कोषाध्यक्ष शीतल साहले खाताबाट रकम निकालेर हिनामिना गरेको भन्दै युनियनले महासंघ भित्रको भष्टचारलाई छानविन गरेर दोषीलाई कारबाही गर्न माग गरेको छ ।
‘कोषाध्यक्ष शीतल साहले गरेको भ्रष्टाचारको विषयको छानविन गरेर सत्यतथ्य सार्वजनिक गर्नुपर्छ,’ विज्ञप्तिमा भनिएको छ ।
प्रतिक्रिया