मौरितानियाका राष्ट्रपतिलाई गोली

लन्डन : मौरितानियाका राष्ट्रपतिमाथि गोली प्रहार भएको छ । गोली लागेर उनी घाइते भएको सञ्चारमाध्यमले जनाएका छन् ।
अल अरयिबा समाचार च्यानलका अनुसार दुर्घटनावश गोली लाग्दा राष्ट्रपति मोहमद उल्द अब्देल अजिजको घाँटीमा चोट लागेको छ । उनका पाखुराको शल्यक्रिया गरिएको र थप उपचारका लागि उनलाई विदेश पठाइने समाचारमा जनाइएको छ ।
मुलुकको उत्तरी क्षेत्रमा रहेको आफ्नो कृषिक्षेत्रबाट राजधानी फर्किने क्रममा शनिबार उनलाई गोली लागेको थियो । गस्तीमा रहेको सैन्य टोलीले
भुलवश राष्ट्रपतिको इस्कर्टिङमा खटिएको सुरक्षा जस्तामाथि गोली चलाउँदा राष्ट्रपति घाइते भएको सूचनामन्त्री हम्दी उल्द महजुबले जनाएका थिए । राष्ट्रपति अजिज ‘सैन्य कु’ गरी सन् २००८ मा
सत्तामा आएका थिए । विपक्षीसँगको सहमतिमा सन् २००९ मा भएको निर्वाचनबाट उनी राष्ट्रपतिमा चुनिएका थिए । (एजेन्सी)

प्रतिक्रिया