जीओआइपी सञ्चालक बस्नेत पक्राउ

काठमाडौं, २७ असोज । सुनसरी जिल्लाको ईटहरी नगरपालिका–८, भोजपुरेटोलबाट प्रहरीले अवैध जीओआइपी सञ्चालन गर्ने खोटाङका एक युवकलाई पक्राउ गरेको छ ।
कर्णबहादुर श्रेष्ठको घरमा डेरा कोठा लिई बस्ने खोटाङ जिल्ला अर्खौले–३ स्थायी घर भएका देबराज बस्नेतलाई प्रहरीले शुक्रबार पक्राउ गरेको जनाएको छ । उनले घरका २ वटा कोठाहरु भाडामा लिएर पाँच महिना देखि अबैध रुपमा जीओआइपी सञ्चालन गर्दै आएका थिए ।
जीओआइपीमा प्रयोग भएका उपकरणहरु पनि प्रहरीले जफत गरेको छ । उनले जीओआइपी मार्फत कल वाईपास गरेर आर्थिक आर्जन गर्दै आएका थिए ।
बस्नेत रोजगारको सिलसिलामा कतारमा रहेका वेला चिनजान भएका बंगलादेशी नागरिक अब्दूल हुसैनको सहयोगमा जीओआइपी सञ्चालन गरेको प्रहरी भनाई छ ।
हुसैनले नै डिएचएल कुरियर्स मार्फत जीओआइपीका सामान नेपाल पठाएका थिए ।

प्रतिक्रिया