काडमाडौं : सर्वनामको थिएटरमा यतिखेर ओह स्टार दुनियाँ नाटक मञ्चित भइरहेको छ । गत शुक्रबारदेखि मञ्चन सुरु गरिएको नाटक एक्टर्स स्टुडियोले सञ्चालनमा ल्याएको हो । दर्शकको उत्साजनक सहभागिता रहेको निर्देशक अनुप बरालले जानकारी गराए ।
चलचित्रमार्फत स्टार बन्न चाहनेहरूको कथामा आधारित नाटकले स्टार बनिसकेपछि त्यसलाई जोगाइराख्नु अझ महत्त्वपूर्ण र कठिन पक्ष भएको कुरालाई उजागर गर्न खोजेको छ । अहिलेकै जस्तो दर्शक सहभागिता कायम रहे दसैँपछि फेरि पनि नाटक प्रदर्शनलाई निरन्तरता दिइने निर्देशक बरालले बताए । ‘ओह स्टार दुनियाँ’ भारतीय नाटयकर्मी नील चौधरीद्वारा लिखित ‘तारामण्डल’ को नेपाली रूपान्तरण हो । नाटक ३ कात्तिकसम्म मञ्चन हुने बताइएको छ । (सौस)
प्रतिक्रिया