काठमाडौं, २५ असोज । सरकारले विभिन्न सरकारी अस्पतालहरुका नाम परिवर्त गरेर नेता तथा कार्यकर्ताको नाममा नामाकरण गरेको छ ।
मन्त्रिपरिषदको आज बसेको बैठकले सिराहाका दुई र बर्दियाको एक अस्पतालका नाम परिवर्तन गरेको हो । सिराहाका दुई सरकारी अस्पतालका नाम परिवर्तन गरेर नेता र कार्यकर्ताका नाममा नामाकरण गरिएको छ ।
सगरमाथा अञ्चल अस्पतालको नाम परिवर्तन गरेर नेपाल सद्भावना पार्टीका संस्थापक नेता गजेन्द्रनारायण सिंहको नाममा नामाकरण गरिएको सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवले जानकारी दिए ।
सिराहाकै लहानस्थित बाल अस्पताललाई पनि शहीद रमेश महतोको नाममा नामाकरण गरिएको छ । यादवले मधेस आन्दोलनका क्रममा लहानमा ज्यान गुमाएका थिए । उनलाई सरकारले मधेस आन्दोलनको प्रथम शहीदका रुपमा लिने गरेको छ ।
बर्दियाको गुलरिया अस्पतालको नाम पनि परिवर्तन भएको छ । सो अस्पतालको नाम ‘जिल्ला अस्पताल बर्दिया’मा नामकरण गर्ने निर्णय भएको मन्त्री यादवले बताए ।
सरकारले झपट बोहराको संयोजकत्वमा पाँच सदस्यीय सुदूरपश्चिमाञ्चल विकास आयोग गठन पनि गरेको छ । द्वन्द्वपीडित समस्या समाधान आयोगको समयावधि आगामी चैत मसान्तसम्मका लागि थप गर्ने निर्णय पनि सरकारले गरेको छ ।
राष्ट्रिय पर्यटन तथा खेलकुद महोत्सव सुर्खेतलाई १० लाख रुपियाँ सहयोग गर्ने निर्णय गरेको सरकारले भूमिसुधार मन्त्रालयका उप–सचिव हृदयनाराण मिश्रलाई सहसचिवमा बढुवा गरेको छ ।
प्रतिक्रिया