कालिकाले २६ विधामा अवार्ड बाँड्ने

चितवन, २५ असोज । कालिका एफएमले दशौँ वार्षिकोत्सवको अवसर पारेर कालिका म्युजिक अवार्ड वितरण गर्ने भएको छ । गीतसंगीतका २६ विधामा आगामी २६ गते अवार्ड वितरण गरिने एफएमले जनाएको छ ।
एफएमले आठ वर्षभन्दा लामो समयदेखि सांगीतिक क्षेत्रमा योगदान पुर्‍याएका सर्जकहरुलाई सम्मान गर्दै आएको एफएमका अध्यक्ष तथा प्रबन्धनिर्देशक विक्रम पाण्डेले जनकारी दिए । यस वर्षको अवार्डमा नयाँ विधा युगल गायन पनि समावेश गरिएको उनले बताए । एक वर्षभित्र बजारमा आएका लोकप्रिय गीत मनोनयनमा पर्ने गरेका छन् ।
कालिका लाइफटाइम एचिभमेन्ट अवार्डका साथै सर्वोत्कृष्ट गीत, ब्यान्ड, एल्बम, आधुनिक, पप, लोकदोहोरी, चलचित्रगीत, युगल गायन, एकल गायन, शब्दरचना, संगीतलगायत विधामा अवार्ड दिइनेछ । सांगीतिक कलाकर्मी तथा सर्जकहरुको योगदानलाई सम्मान गर्दै म्युजिक अवार्डलाई अझै परिमार्जित गर्दै लैजाने योजना रहेको स्टेसन म्यानेजर रिना गुरुङले बताइन् । (सौस)

प्रतिक्रिया