मध्यपुरको यात्रा समाप्त

काठमाडौ, २५ असोज । सर्वाधिक पुरस्कार राशिको एनसेलकप नकआउट फुटबल प्रतियोगितामा आइसबर्ग मध्यपुर युथ एसोसिएसनको चुनौती सकिएको छ ।
ए–डिभिजन क्लबका रूपमा पहिलो सत्र खेलिरहेको मध्यपुर बुधबार भएको पहिलो सेमिफाइनलमा म्याकडोवेल आरसिटीसँग
२–० ले पराजित भयो । पहिलो हाफमा २–० ले पछि परेको मध्यपुरका सरोज दाहालले दोस्रो हाफमा पेनाल्टी अवसर खेर फालेपछि मध्यपुरले खेलमा फर्कने अवसर गुमाएको थियो ।
जितसहित आरसिटी काठमाडौंमा १२ वर्षपछि कुनै पनि प्रतियोगिताको फाइनलमा प्रवेश गर्न सफल भयो । १२ वर्षअघि आरसिटी शुभजन्मोत्सव कप फुटबलको विजेता भएको थियो । खेलको अन्त्यमा आरसिटीले जिते पनि रेफ्रीनिर्णय आरसिटीको पक्षमा रहेको थियो । आठाँै मिनेटमा आरसिटी गोलरक्षक दिलीप क्षत्रीले डी–बक्सबाहिर आएर बल नियन्त्रणमा लिए पनि कार्ड पाएनन् । सुरुको १० मिनेट खेल पूरै मध्यपुरको पक्षमा रहेको थियो । आरसिटीले भने १३आँै मिनेटमा पहिलो अग्रताको मौका पाएको थियो । ओलावालेले युगलकिशोर राईलाई राम्रो पास दिए पनि नरेश पोख्रेलले त्यसलाई बचाएका थिए ।
खेलमा प्राय: समय दबाबमा खेलेको आरसिटीको उद्धार गर्ने काम भने ओलावालेले गरे । १९आँै मिनेटमा ओलावालेको सानदार क्रसमा अमर डंगोलले गोल गर्दै रंगशालामा उपस्थित लगभग २ हजार ५ सय मध्यपुर समर्थकलाई स्तब्ध पारे । २४आँै मिनेटमा निरज रानामगरले डी–बक्सबाहिर विनोद विष्टलाई टयाकल गरेर अर्को संकट टारे । ४४औँ मिनेटमा ओलावालेले बनाएको मुभमा युगलकिशोरले आरसिटीका लागि दोस्रो गोल गरे । पहिलो हाफको अन्त्यदेखि लयमा रहेको आरसिटीले दोस्रो हाफको सुरुआतमा पनि डरलाग्दो आक्रमण गरेको थियो । ४७आँै मिनेटमा कमल कार्कीको प्रहारलाई मध्यपुरका गोलरक्षक विकास कुथुले सानदार ढंगले बचाए । ५४आँै मिनेटमा डी–बक्समा आरसिटीका खेलाडीको हयान्ड भएपछि पाएको पेनाल्टीलाई मध्यपुरले खेर फाल्यो । सरोज दाहालले प्रहार गरेको पेनाल्टी आरसिटीका गोलरक्षक दिलीप क्षत्रीले बचाए ।

प्रतिक्रिया