नेकपा–माओवादीद्वारा सरकारको आलोचना

काठमाडौं, २४ असोज । नेकपा–माओवादीले प्रधानमन्त्री निवास बालुवाटार घेराउ गर्ने क्रममा भएको प्रहरी धरपकडको विरोध गरेको छ ।
नेकपा–माओवादीका प्रवक्ता पम्फा भुसालले आज विज्ञप्ति जारी गरेर शान्तिपूर्ण धर्ना बस्ने क्रममा मंगलबार दमन भएको भन्दै घटनाको निन्दा एवम् भत्र्सना गरेकी हुन् ।
‘सरकारले अन्धाधुन्ध दमन–धरपकड गरी वेपत्ता परिवार समाजका कयौं सदस्यहरुलाई घाइते बनाएको छ,’ विज्ञप्तिमा भनिएको छ,’ ‘घाइतेहरुको शीघ्र उपचारको माग गर्दै सरकारको यस प्रकारका दमनकारी र जनविरोधी कार्यको घोर विरोध एवम् भत्र्सना गर्दछौं ।’
नेकपा–माओवादीले सशस्त्र द्वन्द्वका क्रममा आफ्ना कार्यकर्तालाई वेपत्ता बनाउने नेपाली सेनाका उच्च अधिकारी राजु बस्नेतको बढुवाको विरोध गर्दै आएको छ ।
बढुवाको विरोधमा मंगलबार धर्ना बसेका वेपत्ता योद्धा परिवार समाजका समर्थकलाई प्रहरीले हस्क्षेप गरेर घाईते बनाएको भुसालले जनाएकी छन् ।

प्रतिक्रिया