चाभेज पुन: राष्ट्रपति

काराकस : भेनेजुयलाका राष्ट्रपति हयुगो चाभेज मुलुकको सर्वोच्च कार्यकारी पदमा पुन: निर्वाचित भएका छन् । आमनिर्वाचनमा आफ्ना प्रतिद्वन्द्वी हेनरिक केप्रिल्सलाई हराउँदै उनी आइतबार थप ६ वर्षका लागि राष्ट्रपतिमा पुन: निर्वाचित भएका हुन् । खसेको कुल मतमध्ये ५४ प्रतिशत मत चाभेजको पोल्टामा परेको थियो । केप्रिल्सले भने ४४ प्रतिशत ७३ मत
हासिल गरेका थिए । चाभेज चौथोपटक पुन: राष्ट्रपति पदमा निर्वाचित भएका हुन् ।
विजयी भएपछि राजधानी काराकसमा जम्मा भएका हजारौँ प्रदर्शनकारीलाई सम्बोधन गर्दै उनले प्रजातान्त्रिक समाजवाद स्थापना गर्ने दिशामा भेनेजुयला नियन्तर अघि बढ्ने बताए । विपक्षी दललाई ‘इंगेज्ड’ गराउने उल्लेख गर्दै उनले ‘असल राष्ट्रपति’ बन्ने दृढता व्यक्त गरे । आफूविरुद्ध भएको मतदानलाई समेत आफूले अनुमोदन गरेको जिकिर गरे । राष्ट्रपतीय निर्वाचनलाई ‘प्रजातान्त्रिक युद्ध’को संज्ञा दिँदै उनले आफ्नो विजयले भेनेजुयलालाई २१औँ शताब्दीको प्रजातान्त्रिक समाजवादी मुलुक बनाउने बाटो खुलेको जिकिर गरे । ‘मुलुकमा विभाजन र सामाजिक भड्काउको वीजारोपण गर्ने’लाई पनि वार्तामा आउन उनले आह्वान गरे । (एजेन्सी)

प्रतिक्रिया