काठमाडौं, २१ असोज । प्रथम एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपअन्तर्गत बास्केटबलको ब्वायजमा एलए ‘ए’ र गल्र्समा ज्ञानोदय शनिबार पहिलो भएका छन् । ब्वायजको फाइनलमा एलएले आइडियल मोडेललाई ४०–२३ ले पराजित गर्यो । विजेताका कुन्खेन लामाले १५ स्कोर गरे । गल्र्सको फाइनलमा ज्ञानोदयले एलआरआईमाथि ४९–८ को सहज जित दर्ता गर्यो । ज्ञानोदयकी गौतमी भट्टचनले १९ अंक जोडिन् । फाइनलका सर्वाधिक स्कोरकर्ताद्वय कुन्खेन र गौतमी ‘मोस्ट भ्यालुएबल प्लेयर’ समेत घोषित भए । ब्वायज फुटबलमा एलए ‘नीलो’ पहिलो भयो । फाइनलमा एलएले जेम्सको चुनौती पेनाल्टी सुटआउटमा ५–४ ले पन्छायो । निर्धारित समयको खेल
१–१ को बराबरीमा सकिएको थियो । एलएका निरज राणा उत्कृष्ट खेलाडी चुनिए । विजेतालाई अखिल नेपाल फुटबल संघका अध्यक्ष गणेश थापा, अखिल नेपाल टेबलटेनिस संघका महासचिव कुवेरप्रकाश सिंहलगायतले पुरस्कार वितरण गरे । सो अवसरमा बास्केटबलकी स्नेहा श्रेष्ठलाई सम्मान गरिएको थियो ।
प्रतिक्रिया