४४ करोड ६० लाख गठी गर्ने पक्राउ

काठमाडौं, २० असोज । काठमाडौंको थापाथलीस्थित क्रिष्टल फाइनान्स लिमिटेडबाट ४४ करोड ६० लाख रुपियाँ जालझेलसहित हिनामिना गरेको अभियोगमा प्रहरीले दीव्यकुमार श्रेष्ठलाई पक्राउ गरेको छ ।
फाइनान्सको रकम हिनामिना गरेर फरार श्रेष्ठलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले शुक्रबार ठमेलस्थित सरस्वती क्याम्पस नजिकबाट पक्राउ गरेको हो । ६३ वर्षीय श्रेष्ठ बालाजु बस्दै आएका थिए ।
प्रचलित कानून तथा राष्ट्र बैंकको निर्देशन विपरित अनियमित तवरले सञ्चालकहरुसँग मिलेर करीव ४४ करोड ६० लाख रुपियाँ कर्जा लिई उनले फाइनान्सलाई धरासयी बनाएको प्रहरी भनाई छ ।
उनका आफन्त फाइनान्सका संस्थापकद्वय अञ्जुदेवी श्रेष्ठ र संस्थापक अल्पना श्रेष्ठसँगको मिलेमतोमा ऋणमा रकम लिएर दुरुपयोग गरिएको थियो । श्रेष्ठ उपर नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार कारबाही गरिने छ ।

प्रतिक्रिया