अखिलकप बास्केटबलमा टियु र पाटन अगाडि

काठमाडौं : त्रिभुवन विश्वविद्यालय (टियु) र पाटन बहुमुखी क्याम्पसले अखिलकप पुरुष राष्ट्रिय बास्केटबल प्रतियोगितामा बिहीबार जित हात पारेका छन् ।
टियुले पशुपति क्याम्पसलाई २५–१६ तथा पाटनले न्युसमिटलाई २९–२५ ले हराए । टियुका सनीश महर्जनले ८ तथा पाटनका निकेश बस्नेतले १० अंक जोडे । अन्य खेलमा एडभान्सले कान्तिपुरलाई २८–१६ तथा प्राइमले कसमसलाई ३२–१६ ले पाखा लगाए । एडभान्सका पुकार श्रेष्ठले १० तथा प्राइमका श्याम पौडेलले ८ अंक बनाए । त्यस्तै ज्ञानकुञ्जले किन्स तथा ‘नेपाल ल’ ले ‘आरआर’ बाट वाकओभर पाए । (सौस)

प्रतिक्रिया