माल्दिभ्समा राजनीतिक अस्थिरता

माले : माल्दिभ्समा निवर्तमान राष्ट्रपति मोहमद नसिदलाई उनकै शब्दमा ‘अपदस्थ’ गरिएपछिका दिनमा राजनीतिक अस्थिरता निकै गहिरिँदै गएको समाचारमा जनाइएको छ । यसैक्रममा केही दिनमात्र अघि मारिएका एकजना सांसद्को हत्याका लागि निवर्तमान राष्ट्रपति नसिदको दल मालदिभियन डेमोक्रेटिक पार्टी (एमडिपी)लाई आरोपित गर्ने तयारी सरकारी अधिकारीबाट भएको सो दलले बिहीबार जनाएको छ ।
सो दलले विज्ञप्ति प्रकाशन गरी केही दिनअघि मारिएका सांसद् अफ्रासिम अलिको हत्यामा आफ्ना केही सभासद्को हात रहेको भनी उनीहरूलाई पक्राउ गरिएको जनाएको छ । हाल माल्दिभ्सको प्रतिपक्षी दलको हैसियत प्राप्त नासिदको दललाई हत्यामा दोषी देखाउने प्रयास भएको विज्ञप्तिमा उल्लेख छ । (एएफपी)

प्रतिक्रिया