भैंसी गोठमा नवजात शिशु रोए…

सिन्धुली, १७ असोज । सिन्धुली जिल्लाको झाँगाझोली–२ मा कार्टुनमा राखेर फालिएको अवस्थामा आज नवजात शिशु फेला परेका छन् ।
विहान आठ बजे स्थानीय किरण आचार्यको भैंसी बाध्ने माचमाथि कार्टुनमा कपडाले बेरी राखेको अबस्थामा नवजात शिशु फेला परेको प्रहरीले जनाएको छ ।
बच्चा रोएको सुनेर हेर्दा नवजात शिशु फेला परेपछि स्थानीयवासीले प्रहरी चौकी रातामाटामा खबर गरेका थिए ।
प्रहरीले नवजात शिशुको उद्धार गरेर भरोसा सामुदायिक अस्पतालमा उपचार गराएको छ ।
बच्चा जन्माएर फाल्ने महिलाको खोजी भईरहेको प्रहरीले जनाएको छ । (तस्विर गुगल)

प्रतिक्रिया