फेसन टिभीले नेपाली प्रतियोगिता देखाउने

काठमाडौं : विश्वचर्चित टेलिभिजन च्यानल ‘फेसन टिभी’ले नेपाली सौन्दर्य प्रतियोगिता मिस ग्लोबल ब्युटी क्विन २०१२ को अन्तिम प्रतिस्पर्धा प्रसारण गर्ने भएको छ । सोमबार राजधानीमा आयोजित कार्यक्रममा यसबारे जानकारी गराइएको हो ।
इएस क्रिएसनको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगिताको अन्तिम स्पर्धा आगामी कात्तिक १ गते काठमाडौंमा हुँदै छ । प्रतियोगिता सम्पन्न भएको केही दिनपछि टिभीले फाइनल स्पर्धाको कार्यक्रम बनाएर प्रसारण गर्ने बताइएको छ । प्रतियोगिताकी शीर्ष विजेताले स्कुटीका साथमा नगद २५ हजार प्राप्त गर्नेछिन् भने फस्ट रनरअपले ल्यापटपका साथमा नगद १५ हजार हात पार्ने आयोजकले जनाएको छ । (सौस)

प्रतिक्रिया