केटी “वुमन अफ इयर”


न्युयोर्क : हलिउड पपगायिका केटी पेरी ‘वुमन अफ इयर’ द्वारा सम्मानित हुने भएकी छन् । हलिउडको चर्चित पत्रिका विलबोर्डले उनलाई सो अवार्डका लागि चयन गरेको हो । पत्रिकाको सम्पादन विभागका निर्देशक विल बेर्डेले हलिउड संगीत उद्योगको सबैभन्दा उत्साही र प्रेरणादायी कलाकार भएकाले उनलाई छनोट गरिएको बताए ।
‘पाँच वर्षअघि संगीत उद्योगमा प्रवेश गरेकी पेरीले यो अवधिमा अरू थुप्रै कलाकारले जीवनभर कमाउन नसकेको चर्चा कमाइसकेकी छन्,’ उनले भने ।
पत्रिकाले प्रत्येक वर्ष सांगीतिक क्षेत्रका चर्चित तथा प्रतिभाशाली महिलालाई यो अवार्डले सम्मानित गर्दै आएको छ । पत्रिकाको यस गायिका टेलर स्विफ्ट, ब्लैंक आइड पिज बैन्ड गायिका फरगई, बियोन्से नोल्सले यसअघि नै यो अवार्ड पाइसके । नोभेम्बर ३० का दिन न्युयोर्कमा सो अवार्ड प्रदान हुने एजेन्सीले जनाएको छ । (एजेन्सी)

प्रतिक्रिया