सविना, नङसल, सरा र पूनम सेमिमा

काठमाडौं, १६ असोज । सशस्त्र प्रहरीकी सविना पन्थी र नङसलदेवी तामाङ, नेपाली सेनाकी सरादेवी तामाङ र कास्कीकी पूनम गुरुङ ‘दोस्रो पुष्पलाल मेमोरियल र्‍याङकिङ ब्याडमिन्टन प्रतियोगिता’ को सेमिफाइनलमा प्रवेश गरेका छन् ।
राष्ट्रिय खेलकुद महासंघद्वारा आयोजित प्रतियोगिताको सोमबार सम्पन्न खेलमा सशस्त्रकी सविनाले आफ्नै क्लबकी शिक्षा श्रेष्ठलाई
२१–१८ र २१–१० ले र झापाकी अमिता गिरीलाई २१–१५ र २१–१० ले पराजित गरेकी थिइन् । त्यस्तै नङसलले झापाकी अमिता गिरीमाथि २१–८, २१–११ ले र बाँकेकी सम्झना शर्माबाट वाकओभर प्राप्त गरिन् । सेनाकी सरादेवी तामाङले प्रहरीकी जलमाया गुरुङबाट वाकओभर प्राप्त गरिन् । कास्कीकी पूनम गुरुङले आफूले खेलेका लिगका सबै प्रतियोगिता जित्ने क्रममा सेनाकी सरादेवीलाई २१–१३ र २१–१३ ले तथा सशस्त्रकी सम्झना खालिङलाई १७–२१,
२१–१८ र २१–१५ ले पराजित गरिन् । झापाकी अमिता गिरीले सशस्त्रकी शिक्षा श्रेष्ठलाई २१–१८ र २१–१९ ले पराजित गरिन् भने बाँकेकी सम्झना शर्माबाट वाकओभर प्राप्त गरिन् । त्यस्तै सशस्त्रकी मीना श्रेष्ठले पनि बाँकेकी सम्झनाबाट वाकओभर प्राप्त गरिन् । सेमिफाइनलमा सविनाको सरासँग र पूनमको नङसलसँग भिडन्त हुने भएको छ ।
राष्ट्रिय खेलकुद परिषद्को त्रिपुरेश्वरस्थित कभर्डहलमा सञ्चालित प्रतियोगिताको पुरुषतर्फ भोजपुरका विकास श्रेष्ठ, सशस्त्रका दीपेश धामी, रत्नजित तामाङ, पंकज चन्द र विशाल प्रधान, नेपाल प्रहरीका विष्णु कटुवाल र साजनकृष्ण ताम्राकार र कैलालीका सहदेव खड्का क्वार्टरफाइनल प्रवेश गरेका छन् ।
सोमबार सम्पन्न प्रतियोगितामा भोजपुरका विकासले नेपाल प्रहरीका सञ्जीव खड्कालाई २१–१३ र २१–१७ ले पराजित गरे । सशस्त्रका रत्नजितले ललितपुरका सुरोज महर्जनलाई
२१–१४ र २१–१३ तथा प्रहरीका दीपक बोहरालाई २१–१० र २१–१५ ले पराजित गरे । सशस्त्रका पंकजले ललितपुरका सुरोज महर्जनलाई २१–१४ र २१–११ ले पराजित गरे भने कास्कीका भूगोल गुरुङबाट वाकओभर प्राप्त गरे । सशस्त्रकै दीपेश धामीले प्रहरीका सूर्य श्रेष्ठबाट वाकओभर प्राप्त गरे भने बाँकेका इरफान अन्सारीलाई
२१–१६ र २१–१५ ले पराजित गरे । यस्तै अन्य खेलमा इरफानले प्रहरीका सूर्यबाट वाकओभर प्राप्त गरे । ललितपुरका सुरज महर्जनले कास्कीका भूगोल गुरुङबाट वाकओभर प्राप्त गरे । बाँकेका विलाल वार्सीले प्रहरीका सञ्जीव खड्कालाई १४–२१, २१–१४ र २१–१४ ले पराजित गरे । कैलालीका सहदेवले सशस्त्रका सुमन लिम्बूबाट वाकओभर प्राप्त गरे । यस्ते पुरुषकै खेलमा प्रहरीका विष्णु कटुवालले सशस्त्रका इन्द्र महतालाई २१–१४ र २१–१० र सुदीप सेढार्इंलाई २१–१९, १९–२१ र २२–२० ले पराजित गरे ।
क्वार्टरफाइनलमा विकासको विष्णुसँग, दीपेशको पंकजसँग, विशालको सहदेवसँग र साजनको रत्नजितसँग भिडन्त हुने प्रतियोगिताका रेफ्री लवभक्त श्रेष्ठले जनाएका छन् ।
प्रतियोगितामा गल्र्सतर्फ भोजपुरकी हेमख्यामा राई, झापाकी जेशिका गुरुङ, बाँकेकी तिला न्यौपाने र झापाकी सुनैना मुखिया आ–आफ्नो प्रतिद्वन्द्वीलाई पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरे ।
ब्वायजतर्फ कैलालीका गौतम कठायत, भोजपुरका विशाल मोक्तान, प्रहरी स्कुलका गणेश रायमाझी बाँकेका सरोज अन्सारी, भोजपुरका नवीन श्रेष्ठ, सशस्त्रका नीरविक्रम देवकोटा, सुनसरीका सुजन श्रेष्ठ र बाँकेका रियाज अन्सारीले क्वार्टरफाइनलको यात्रा तय गरेका छन् ।

प्रतिक्रिया