लालिगुराँसको मुनाफा ४ करोड ८८ लाख

काठमाडौं, १५ असोज । श्री लालिगुराँस बहुउद्देश्यीय सहकारी संस्थाले आर्थिक वर्ष ०६८/६९ मा चार करोड ८८ लाख २८ हजार आठ सय ९७ रुपियाँ खुद मुनाफा आर्जन गरेको छ । गत वर्षको तुलनामा मुनाफामा १४ दशमलव ०६ प्रतिशतले वृद्धि भएको संस्थाले जनाएको छ ।
त्यसैगरी, अघिल्लो अघिल्लो आवको कुल कारोबार एक अर्ब ५८ करोड ७६ लाख दुई हजार आठ सय ८१ रुपियाँ रहेकोमा आव ०६८/६९ मा ३८ दशमलव ५८ प्रतिशतले वृद्धि गरी दुई अर्ब २० करोड ४२ हजार तीन सय ६९ रुपियाँ पुर्‍याएको छ । त्यस्तै, निक्षेपतर्फ पनि अघिल्लो आवमा एक अर्ब ३० करोड १९ लाख ५५ हजार सात सय ३१ रुपियाँ निक्षेप रहेकोमा आव ०६८/६९ मा ४१ दशमलव ६५ प्रतिशतले वृद्धि भई एक अर्ब ८४ करोड ४२ लाख २७ हजार तीन सय ४६ रुपियाँ पुगेको संस्थाले जनाएको छ । कर्जा लगानीतर्फ आर्थिक वर्ष ०६७/६८ मा एक अर्ब ११ करोड १९ लाख ८८ हजार दुई सय ४६ रुपियाँ रहेकोमा आव ०६८/६९ मा २३ दशमलव २२ प्रतिशतले वृद्धि भई एक अर्ब ३७ करोड दुई लाख १३ हजार ९४ रुपियाँ पुगेको छ । सेयर पुँजीतर्फ ०६७/६८ को कुल सेयर पुँजी १९ करोड १४ लाख ४९ हजार दुई सय मात्र रहेकोमा आव ०६८/६९ मा १७ दशमलव ७८ प्रतिशतले वृद्धि भई २२ करोड ५४ लाख ८४ हजार एक सय रुपियाँ रहेको छ ।
संस्थाले आव ०६८/६९ मा सरकारलाई दुई करोड ५१ लाख ३५ हजार राजस्व बुझाएको जनाएको छ । नेपाल सरकारलाई राजस्वमा गरेको योगदानमा समग्र सहकारी संस्थाहरूमा यो संस्था अग्रणी स्थानमा रहेको संस्थाले दाबीसमेत गरेको छ । संस्थाको प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीले देशको आर्थिक विकासको मेरुदण्डको रूपमा रहेको सहकारीको समग्र विकासका लागि यस संस्थाले आगामी वर्षमा थप नयाँ क्षेत्रमा लगानी गर्दै लैजाने बताए ।
ललितपुरको चापागाँउ, काठमाडौंको चाबहिल र भक्तपुरको कौशलटार गरी तीनवटा सदस्य सुविधा काउन्टर सञ्चालन गरेको यस संस्थाले आव ०६८/६९ मा ६ करोड १० लाख ३६ हजार एक सय २१ रुपियाँ सञ्चालन मुनाफा आर्जन गरेको छ ।
०५६ साल १८ भाद्रमा डिभिजन सहकारी कार्यालय ललितपुरमा दर्ता भई २०५६ आश्विन १५ गतेबाट आफ्नो कारोबार सुरु गरेको यस संस्थाले सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा संस्थाको मुख्य लगानीमा सञ्चालित क्रिमसन इन्टरनेसनल कलेज प्रालिमा अध्ययनरत ३२ जना विद्यार्थीलाई आव ०६८/६९ मा छात्रवृत्तिसमेत प्रदान गरेको भण्डारीले बताए  । संस्थाले आव ०६६/६७ मा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट सञ्चालित चिकित्साशास्त्र विषयमा स्नातक तह एमबिबिएसमा अध्यापन गराउन साझेदारी छात्रवृत्ति कार्यक्रमअन्तर्गत गोरखा जिल्लाको अति दुर्गम क्षेत्रबाट यस संस्थाको सहयोगमा एक छात्रलाई छात्रवृत्ति उपलब्ध गराइएको छ । त्यसैगरी, संस्थाको मुख्य लगानीमा सञ्चालित लालीगुराँस हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालि सातदोबाटो ताल्छिखेलमा प्रत्येक महिनाको एकपटक नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने व्यवस्था गरेको संस्थाले जनाएको छ ।

प्रतिक्रिया