सीता एयरको विमान दुर्घटना (तस्विर सहित)

काठमाडौं, १२ असोज । भक्तपुरको मनोहरा खोला (सुकुम्वासी वस्ती) छेउमा सीता एयरको नाईन एन.ए.एच.ए ७०१ नम्वरको डोरनियर बिमान आज दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ ।
यो सहित सीत एयरका तीन विमान दुर्घटनामा परिसकेका छन् ।
त्रिभुवन विमानस्थलबाट सोलुखुम्बुको लुक्ला विहान ६ बजेर १७ मिनटमा उडेको विमान कम्तीमा दुई मिनटमै दुर्घटनामा परेको हो । विमानमा आगोलागे पछि खोला नजिक खसेको प्रत्यक्षदर्शीलाई उदृत गर्दै प्रहरीले जनाएको छ ।
जमिन नजिक आउने क्रममा आगोले जल्दै गरेको विमान भित्र रहेका यात्रु चिच्याउनुका साथै रोएको प्रत्यक्षदर्शीको भनाई छ । चालक अनुभवी भएका कारण विमानलाई खाली जमिनमा उतारेर ठूलो जनधन हुनबाट जोगाएको प्रत्यक्षदर्शीको अनुमान छ ।
दुर्घटना थाहा पाएलगत्तै सुरक्षाकर्मी, दमकल, एम्बुलेन्सलगायतका उद्धार टोली समयमा पुगेका थिए । समयमा पुगे पनि सबै जलेर मृत्यु भएकाले जीवित उद्धार गर्न नसकिएको प्रहरी भनाई छ ।
मृत्युहुनेहरुमा क्याप्टेन विजय तन्डुकार, को–पाइलट टाकेशी थापा, एयर होस्टेज रुजा शाक्य रहेका छन् । । क्याप्टेन तण्डुकार र सहचालक थापा राजधानी निवासी हुन् । एयर होस्टेज शाक्य भने काभ्रेको बनेपाकी स्थायीवासी हुन् ।
बेलायती नागरिकहरु आर. इगल, सी. डाभे, भी. केल्ली, डी., टी. ओकास, एस. होल्डिङ, वी. ओग्डेन तथा चिनियाँ नागरिकहरु निगम कियान, लिन उ, झिहाउ वाङ्ग, चेन योङ्ग, हुई उ रहेको प्रहरीले जनाएको छ ।
नेपाली नागरिकहरुमा एम.के. तामाङ, एल.एन. शेर्पा, डि. राई र सैनिक जवान कुमार मोक्तानको मृत्यु भएको छ ।
शवहरुलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ ।
विहान ६ बजेर १७ मिनटमा उडान भरेको विमानमा चरासँग ठोक्किएको त्रिभुवन विमानस्थलका महाप्रबन्धक रतिशचन्द्र लाल सुमनले बताए ।
दुर्घटना पछि त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा सुमनले विमानमा चार ठोक्किएका कारण दुर्घटना भएको दाबी गरे ।
‘विमान चालक विजय तण्डुकारले एयर ट्राफिक कन्ट्रोलरलाई चरासँग ठोक्किएको जानकारी गराएका थिए,’ उनले भने ।
दुर्घटनामा परेको सीता एयरको विमानको ब्ल्याक बक्सलाई सुरक्षित रुपमा लगिएको छ । सो बक्स मार्फत दुर्घटनाको आन्तरिक वा अन्य केही कारण भए सबै खुल्ने छ ।

सौर्यकर्मी द्वारिका काफ्लेले लिएका तस्विर

(केही तस्विरले तपाईलाई विचलित गराउन सक्छ ।)

 

 

 

 

 


प्रतिक्रिया