प्रधानमन्त्रीद्वारा गण्डक अवलोकन

नवलपरासी, १२  असोज । प्रधानमन्त्री डा. बाबुराम भट्टराईसहितको उच्चस्तरीय टोलीले बिहीबार नवलपरासीस्थित गण्डक क्षेत्रमा स्थलगत अनुगमन गरेको   छ ।
नारायणी नदीमा आएको बाढीका कारण जोखिममा परेको गण्डक क्षेत्रको साथै स्थानीयको अवस्था बुझ्न भट्टराईसहित भौतिक योजनामन्त्री ह्दयेश त्रिपाठी, सिंचाइमन्त्री महेन्द्रराय यादवसहितको २४ सदस्यीय टोली गण्डक पुगेको थियो ।
टोलीले नारायणी नदीको ठोक्कर नम्बर ११ र १२ को अवलोकन गर्दै तत्काल भारत सरकारलाई मर्मतसम्भारको काम गर्न आग्रह गरिने बताएका थिए । नदीले कटान गरेको क्षेत्रको अवलोकनपश्चात् प्रधानमन्त्री भट्टराई गण्डकपीडितको समस्या सम्बोधन गर्दै तत्काल आसपासका ठोक्कर निर्माण गर्न भारतसँग पहल गरिएको बताए ।
डा. भट्टराईले गण्डक सम्झौताअनुसार नहरको सबै मर्मतसम्भारको जिम्मा भारतले लिनुपर्ने भएकाले अझै प्रभावकारी रूपमा काम गर्न भारतीय दूतावासमार्फत भारत सरकारलाई समेत अवगत गराइसकिएको बताए ।

प्रतिक्रिया