छात्रा बेहोस भए पछि पठन/पाठन प्रभावित

जाजरकोट, ११ असोज । जाजरकोट जिल्लाको ढिमे–८, खुर्पास्थित लक्ष्मीप्राप्ति उच्च माध्यामिक विद्यालयमा एक सातादेखि छात्रामा बेहोस हुने रोग देखिए पछि पठन–पाठन प्रभावित भएको छ ।
छात्रामा ६ घण्टा सम्म बहोस हुने लक्षण देखिने गरेको शिक्षकहरुको भनाई छ । उनीहरुमा काँप्ने, रुने, कराउने आदि लक्षण पनि देखिने गरेको शिक्षक भुवनेश्वर शर्माले जानकारी दिए । दैनिक ५/७ जना छात्रा बेहोस हुन थाले पछि पठन/पानठ प्रभावित भएको हो ।
किशोरावस्थाका छात्रामा यस्तो समस्या देखिनु स्वभाविक नै रहेको स्वास्थ्यकर्मीहरुको भनाई छ । स्थानीय मेडिकलमा उपचार गराउँदा समेत छात्राको उपचार हुन नसके पछि आफन्तले धामी–झाँक्रीको समेत उपचार गराएका छन् ।
यसैबीच, भुर–१, का ४५ वर्षीय धने कामीले सूर्यज्योति प्राथमिक विद्यालयलाई जग्गा दान गरेका छन् । उनले करिव एक रोपनी जग्गा विद्यालय भवन निर्माणका लागि निःशुल्क प्रदान गरेको प्रधानाध्यापक ढोलबहादुर नेपालीले बताए ।

प्रतिक्रिया