कति ठूला तरकारी

न्युयोर्क : १८.१० पाउन्ड वजनको प्याज, ८२ पाउन्डको बन्दाकोपी, १८.५ फिट लामो पार्सनिम (मुलाको प्रजाति), ८.४० पाउन्डको आलुको दानो † धेरैलाई यो विवरण अपत्यारिलो लाग्न सक्छ । अमेरिकी कृषक पिटर ग्लेजब्रुकले यत्रा ‘भीमकाय’ तरकारी फलाएर सबैलाई चकित पारेका छन् ।
१८.१० पाउन्ड वजन भएको प्याज फलाएर ६८ वर्षीय पिटरले आÏनै कीर्तिमानी भंग गरेका छन् । यसअघि उनले २० अउन्स कम वजन भएको प्याज फलाएर कीर्तिमान कायम गरेका थिए । एकपछि अर्को कीर्तिमान कायम गर्न पाउँदा उनी मख्ख छन् । ८२ पाउन्डको बन्दाकोपी ठेलामा राखेर हिँडाउँदा उनी फुरुंग देखिन्छन् ।
केही दिनअघि बेलायतमा भएको तरकारी कृषकबीचको प्रतिस्पर्धामा उनले सबै प्रतिद्वन्द्वीलाई उछिने । ठूलो तरकारी फलाउने होडबाजीमा उनलाई कसैले तल पार्न सकेन । यस वर्षको सुरुमै उनले १८.५ फिट लामो पार्सनिम (मुलाको प्रजाति) फलाएर सबैलाई अचम्मित पारेका थिए, जुन पार्सनिमको औसत लम्बाइको ३६ गुणा बढी हो । यत्रो लामो तरकारी फलाएर उनले ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’मा आफ्नो नामसमेत दर्ता गराइसकेका छन् । गान्टेमुलाको एउटा प्रजाति र आलु उत्पादनमा पनि उनले कीर्तिमान कायम गरेका छन् । उनको बारीमा उत्पादित एउटा आलुको वजन ८.४० पाउन्डको छ । (डेलिमेल)

प्रतिक्रिया