यथास्थितिमा पोखरामा विमानस्थल बन्दैन

काठमाडौं, ९ असोज । कामचलाउ सरकारका पर्यटन तथा नागरिक उडड्यन मन्त्री पोष्टबहादुर बोगटीले यस्थातिमा पोखरामा क्षेत्रीय विमानस्थल बन्न नसक्ने बताएका छन् ।
काठमाडौंमा आज आयोजित कार्यक्रममा उनले विमानस्थल बनाउन धेरै जटिलताहरु रहेको बताए । उनले भने, ‘विमानस्थल बनाउन देखिएका कानूनी र अन्य समस्या सुल्झाएर नयाँ प्रक्रियाबाट काम शुरु गर्नु पर्छ ।’
उनले सफ्ट लोन दिने चाईनाको बैंक र नेपालको खरिद ऐन बिच तालमेल नमिलेकाले पोखरामा विमानस्थल निर्माण प्रक्रिया अगाडि बढाउन समस्या आएको बताए । उनले भने, ‘आन्तरिक विवाद मिलाएर छिट्टै नयाँ प्रक्रिया शुरु हुन्छ ।’

प्रतिक्रिया