बालिका लिएर भारतीय महिला बेपत्ता

कास्की, ८ असोज । पोखरामा काम गर्न बसेकी भारतीय एक महिलाले पाँच बर्षीया बालिकालाई लगेर बेपत्ता भएकी छन् ।
पोखरा उपमहानगरपालिका–१७, बिरौटा बस्ने सपना श्रेष्ठकी ५ बर्षीया छोरी रीता श्रेष्ठलाई आइतबार घरमा काम गर्न बसेकी भारत दिल्ली घर भएकी १८ बर्षीया पनिरा सुव्वाले लिएर बेपत्ता भएको प्रहरीले जनाएको छ ।
पाँच बर्षीया बालिका रीतालाई लिएर बेपत्ता भएकी सुव्वाको खोजतलास जारी रहेको प्रहरी भनाई छ ।
बालिकालाई फेवाताल घुमाउन लैजान्छु भनी लिएर गएपछि दुवै जना हाल सम्म घरमा फिर्ता नआएको रीताकी आमा सपनाले जनाएकी छन् ।
भारतीय महिला सुव्वाले सपनाको कोठामा रहेको नगद ४० हजार रुपियाँ, क्यामेरा र सुनका विभिन्न गहनाहरुसमेत लिएर गएको प्रहरी भनाई छ ।

प्रतिक्रिया