रुकुममा बाँदर लखेट्दा बालकको मृत्यु

रुकुम, ८ असोज । बारीमा मकै खान आएका बाँदर लखेट्ने क्रममा रुकुमको खोलागाउँमा एक जना बालकको मृत्यु भएको छ ।
बाँदर भगाउने क्रममा खोलागाउँ–५, रावलडाँडाका दत्ते ओलीका ६ बर्षीय छोरा मानसिंह ओलीको लडेर मृत्यु भएको हो । बाँदर धपाउने क्रममा मानसिंह भिरबाट करिब एक सय मिटर तल खसेका थिए ।
बारीमा मकै खान आएका बाँदर धपाउन गएका समयमा लडेर छोराको घटना स्थलमै मृत्यु भएको बाबु ओलीले बताए ।
यस बर्ष खोलागाउँमा बाँदर आतंकका कारण स्थानीयवासी चिन्तित बनेका छन् । बाँदरले मकै बाली नष्ट गर्न शुरु गरे पछि स्थानीय बालबालिकाहरु विद्यालय जान छाडेर बाँदर कुरुवा काम गर्दै आएका छन् ।
दुई दिन अघि मात्रै पनि रुकुममा बाँदर भगाउँन पतिले चलाएको बन्दुकको गोली लागेर एक महिलाको मृत्यु भएको थियो । (फाईल तस्विर)

प्रतिक्रिया