च्यारिटीबाट अस्पताललाई सहयोग

काठमाडौं । चलचित्र तिमीले दिएको मायाले पहिलो च्यारिटी सोबाट उठेको रकम अस्पताललाई सहयोग गरेको छ । चलचित्र सानो ठिमीस्थित नेपाल–कोरिया मैत्री अस्पताललाई ७० हजार रुपियाँ प्रदान गरको हो । आइतबार राजधानीमा आयोजित पत्रकार भेटघाटमा निर्मात्री सुनीता शर्माले सो जानकारी गराएकी हुन् । आगामी १७ गते चलचित्रको दोस्रो च्यारेटी गर्ने र सोबाट उठेको रकम शिशुस्याहार तथा विकास केन्द्र कोटेश्वर र हेल्थ नेपाल नेटवर्क चाबहिललाई प्रदान गरिने जानकारी गराइन् । कार्यक्रममा निर्देशक विजय केरुङले चलचित्र आगामी मंसिरमा सार्वजनिक प्रदर्शनमा लयाउने तयारी भइरहेको बताए ।
सुवास मेचे, नीता ढुंगाना, दीक्षा भण्डारी, सुनील थापा, दीपक क्षेत्री, विपिन प्रसाईं, रामचन्द्र अधिकारी, सपना श्रेष्ठलगायत कलाकारको अभिनय रहको चलचित्रलाई सुनीता शर्मा र रेश ढुंगानाले संयुक्त रूपमा निर्माण गरेका हुन् । (सौस)

प्रतिक्रिया