एमाओवादीका तीन नेताद्वारा राजीनामा

काठमाडौं, ७ असोज । पार्टीका शीर्ष नेताहरूको शैली बुर्जुवा र सामन्ती हुँदै गएको तथा पिछडिएको वर्ग र क्षेत्रलाई उपेक्षा गरिएको भन्दै प्रमुख सत्ताधारी एमाओवादीका तीन केन्द्रीय सदस्यले पदबाट राजीनामा दिएका छन् । आफूहरूले अघि सारेका ५४ बुँदे माग पूरा नभए पार्टी नै छाड्ने चेतावनीसमेत नेतृत्वलाई दिएका छन् ।

सेती–महाकालीबाट महाधिवेशन आयोजक समितिमा प्रतिनिधित्व गर्ने खगराज भट्ट, भीम कडायत र जगत पार्कीले अध्यक्ष पुष्पकमल दाहालसमक्ष राजीनामा बुझाएका हुन् । उनीहरूले
१ असोजमा राजीनामा दिएको भए पनि एमाओवादी नेतृत्वले त्यसलाई गोप्य राखेको थियो । पार्टीभित्र भट्ट प्रधानमन्त्री भट्टराई पक्षधर, कडायत अध्यक्ष दाहाल पक्षका र पार्की उपाध्यक्ष श्रेष्ठ खेमाका हुन् । पार्टी एकीकरण हुँदा उनी श्रेष्ठसँगै एमाओवादीमा भित्रिएका थिए ।
उनीहरूको राजीनामा र अघि सारेका मागबारे अध्यक्ष दाहाल, प्रधानमन्त्री भट्टराई र उपाध्यक्ष नारायणकाजी श्रेष्ठले शनिबार प्रधानमन्त्रीनिवास बालुवाटारमा छलफल गरेका छन् । छलफलमा असन्तुष्ट नेताहरूलाई पनि बोलाइएको थियो । उनीहरूले पार्टी र सरकारको नेतृत्वले अब पनि आफूहरूको माग सम्बोधन नगर्ने हो भने पार्टी नै छाड्ने चेतावनी दिएका छन् ।
‘हामी सिंहदरबार र हाम्रो क्षेत्रबीच दूरी हटाउन हामी जुनसुकै विकल्पमा जान पनि तयार छाँै, आवश्यक परे एमाओवादीको परिधि तोड्न पनि तयार छौँ भनेर नेतृत्वसित भनिसकेका छौँ,’ अध्यक्ष दाहालसहित शीर्ष नेताहरूसितको छलफलपछि भट्टले सौर्यसँग भने । ठूलो दलका हैसियतमा सत्ता र शक्तिमा सधँै आºनो पार्टीको नेतृत्व हुने तैपनि हाम्रा माग कहिल्यै पूरा नहुने अवस्था हो भने पार्टीको विकल्प खोजिने उनले बताए ।
सुदूरपश्चिमलाई हेर्ने काठमाडौंको दृष्टिकोण राणा, पञ्चायत हुँदै बहुदलीय
व्यवस्था र अहिले गणतन्त्रसम्म आउँदा पनि परिवर्तन नभएको नेता भट्टले बताए । पिछडिएको वर्ग, क्षेत्र र लिंगको मुक्तिका कुरा गर्ने आºनो पार्टीको नेतृत्वमा सामन्ती र बुर्जुवा शैली हाबी हुनुका साथै सांस्कृतिक स्खलन भइरहेको उनले बताए । ‘पार्टी र नेतृत्व सांस्कृतिक रूपमा स्खलित भइरहेको छ । पार्टीका धेरै आन्तरिक विषय पनि हामीले उठाएका छौँ,’ उनले भने ।
स्रोतका अनुसार छलफलमा अध्यक्ष दाहालले ‘तपार्इंहरूका मागप्रति म अत्यन्तै गम्भीर छु’ भन्दै राजीनामा फिर्ता लिन आग्रह गरेका थिए । सेती–महाकालीसहित पिछडिएको क्षेत्रका माग सम्बोधन गर्न पार्टीभित्र पहल गर्ने आश्वासन उनले असन्तुष्ट नेताहरूलाई दिएका छन् । ‘तपार्इंहरूको भावना र संवेदनशीलताप्रति म अत्यन्तै गम्भीर छु । पार्टीको सचिवालय र महाधिवेशन आयोजक समितिमा यी विषयलाई एजेन्डाका रूपमा प्रवेश गराउँछु,’ अध्यक्ष दाहालले उनीहरूसित भनेका थिए ।
उपाध्यक्ष तथा प्रधानमन्त्री भट्टराईले केही विषयमा पार्टी र सरकारका तर्फबाट कमजोरी भएको, केहीमा ध्यान नपुगेको र केही अहिलेको जटिल परिस्थितिका कारण पूरा गर्न नसकिएको बताएका थिए । उनले सुदूरपश्चिम विकास आयोग र सहिद भीमदत्त पन्त स्मृति प्रतिष्ठान गठन गर्ने दुई काम २/४ दिनमै गर्ने आश्वासन असन्तुष्ट नेताहरूलाई दिएका छन् । ‘उहाँ(भट्टराई)ले २ वटा माग चाँडै पूरा गर्छु भन्नुभएको छ, हेरौँ झारा टार्ने हो कि साँच्चिकै हो,’ नेता भट्टले भने । प्रधानमन्त्री भट्टराईको कार्यशैली ठीक नभएको भन्दै यसअघि नै भट्टसहित सेती–महाकालीका दर्जनाँै उनीपक्षीय नेता–कार्यकर्ताले खेमा छाड्ने लिखित चेतावनी भट्टराईलाई
दिएका थिए ।
अध्यक्ष दाहालले आइतबार बिहान पनि असन्तुष्ट नेताहरूलाई छलफलका लागि आºनै निवासमा बोलाएका छन् ।
असन्तुष्ट नेताहरूले नेतृत्वलाई बुझाएको माग पत्रमा पार्टी नेतृत्वले सेती–महाकालीसहित पिछडिएको क्षेत्र र वर्गलाई उपेक्षा गरेको, युद्धकालमा महत्त्वपूर्ण भूमिका खेल्ने सेती–महाकालीभन्दा पूर्व नेपाल र मधेसलाई महत्त्व दिएको, पार्टीले नै निर्धारण गरेका एजेन्डा र प्रतिबद्धतासमेत कार्यान्वयन नगरेको, राज्यले सुदूरपश्चिमको विकास निर्माणका काममा गरेको बेवास्तालगायत महत्त्वपूर्ण विषय उठाइएका छन् ।

प्रतिक्रिया