खोजखबर

कारागारबाट फरार सैनिक पक्राउ

सौर्य अनलाइन २०६९ असोज ६ गते १२:४५ मा प्रकाशित

काठमाडौं, ६ असोज । काठमाडौंस्थित केन्द्रीय कारागारको थुनाबाट फरार नेपाली सेनाका पूर्व अमलदार गंगाहरि न्यौपानेलाई प्रहरीले पक्राउ गरेको छ ।
सिन्धुली जिल्ला रानीबास–२ का स्थायी बासिन्दा २९ वर्षीय न्यौपानेलाई केन्द्रीय अनुसन्धान ब्युरो महाराजगंजबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । उनलाई सुन्धारास्थित चितवन गेष्ट हाउसमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।
नेपाली सेनाको समरी जनरल सैनिक अदालतबाट सैनिक अनुशासन तथा आचरण बिपरितको कसुरमा दोषी ठहर भई सजाय भोगी रहेका न्यौपानेले किर्ते कागज पेस गरेर फरार भएका थिए ।
सैनिक ऐन २०६३ बमोजिम गत जेठ–११ गतेबाट गणना हुने गरी ३ वर्षको कैद सजाय पाएका न्यौपानेले किर्ते गरेको प्रहरी भनाई छ । उनलाई पुनः केन्द्रीय कारागारमा थुनामा राखिएको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय