संक्रमणकाल लम्बिन्छः अर्थमन्त्री पुन

बुटवल, ६ असोज । अर्थमन्त्री वर्षमान पुनले नेपालको राजनीतिक संक्रमणकाल अझै लम्बिने बताएका छन् ।
राजस्व अनुसन्धान विभागद्वारा आज बुटवलमा आयोजित क्षेत्रीय गोष्ठीमा अर्थमन्त्री पुनले दलहरुबीच सहमति बन्न नसकिरहेको र निर्वाचनको टुंगो लाग्न नसकेकाले संक्रमणकाल अझै लम्बिदै जाने बताएका हुन् ।
संक्रमणकाल कसरी अन्त्य हुन्छ भन्ने कुरा भने उनले प्रष्ट पारेनन् ।
मन्त्री पुनले यस्तो अवस्थामा दलहरुबीच आर्थिक एजेण्डामा न्यूनतम साझा अवधारणामा भने सहमति जरुरी रहेको बताए ।

प्रतिक्रिया