भाइरलको प्रकोपले विद्यालय बन्द

ताप्लेजुङ, ५ असोज । भाइरल ज्वरोको प्रकोप फैलिएको ताप्लेजुङ जिल्लाको तापेथोक गाविसमा रहेको एक विद्यालय १० दिनका लागि बन्द गरिएको छ ।
भाइरल अनियन्त्रित हुँदै गए पछि तापेथोकको पार्वती निम्न माध्यामिक विद्यालय बिहीबारदेखि बन्द गरिएको स्थिानीय मनीष हेल्लोकले जानकारी दिए ।
तापेथोक गाविसको वडा नम्बर ७, ८ र ९ मा भाइरल ज्वरो अत्याधिक बढि फैलिएको छ । अहिले प्रत्येक घरमा एकदेखि दुई जना सम्म विरामी रहेको हेल्लोकले बताए ।
इलाका स्वास्थ्य चौकी लेलेपबाट स्वास्थ्यकर्मी कुञ्जिलाल माझी नेतृत्वको टोलीले असोज १ देखि ३ गते सम्म उपचार गरे पनि भाइरल ज्वरो नियन्त्रणमा आएको छैन ।
टोलीले २ सय ९० जनाको स्वास्थ्य परीक्षण तथा उपचार गरेको थियो । भाइरलका कारण तापेथोकमा एक वालकको ज्यान समेत गइसकेको छ । तापेथोक गाविस सदरमुकाम फुङ्लिङ्बाट १ दिनको पैदल दुरीमा पर्छ । (तस्विर गुगल)

प्रतिक्रिया