काभ्रेमा सुरक्षा प्रमुखहरुको बैठक

काभ्रे, ५ असोज । मुलुकको पछिल्लो सुरक्षा अवस्था र राजनीतिक गतिविधिका बारेमा छलफल गर्न बागमती अञ्चलका उच्च सुरक्षा प्रमुखहरुको बैठक काभ्रेमा शुरु भएको छ ।
काभ्रेमा जारी बैठकमा उप्रधानमन्त्री समेत रहेका गृहमन्त्री विजय गच्छेदार, गृह सचिव, बागमती अञ्चलका तीन वटै सुरक्षा निकायका प्रमुख, प्रमुख जिल्ला अधिकारीलगायतको सहभागिता रहेको छ ।
मुलुकको सुरक्षा अवस्था, भावी रणनीति तयार पार्नका लागि बैठक बोलाएको काभ्रेका प्रमुख जिल्ला अधिकारीले जानकारी दिए ।
काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, बनेपा, धादिङ, सिन्धुपाल्चोक तथा दोलखा र रामेछापका सुरक्षा निकायका प्रमुखहरुको पनि बैठकमा सहभागिता रहेको छ ।

प्रतिक्रिया