भूमिसुधार मन्त्रीद्वारा राजीनामा


काठमाडौं, २ असोज । कामचालउ सरकारका भूमिसुधार तथा व्यवस्थामन्त्री चन्द्रदेव जोशीले आज आफ्नो पटबाट राजीनामा दिएका छन् ।
उनले बाबुराम भट्टराई सरकार मुलुकलाई निकास दिने तर्फ भन्दा सहमति बिगार्न सक्रिय रहेको आरोप लगाउँदै राजीनामा दिएको जनाएका छन् । प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेर प्रधानमन्त्री भट्टराईलाई आफ्नो राजीनामा पत्र बुझाएको उनले बताए । राजीनामासँगै कामचलाउ सरकारलाई केही असजिलो हुने छ ।
साना दलहरुको सहयोगमा नेकपा संयक्तका तर्फ मन्त्री भएका जोशी राम्रो राजनीतिक छवीका मानिन्छन् ।

प्रतिक्रिया