सत्तपत्ति बाँडफाँटमा कुरा मिल्छः शेरचन

काठमाडौं, १ असोज । एकीकृत माओवादीका नेता अमिक शेरचनले नेकपा–माओवादीलाई चालीस प्रतिसत दिएर सम्पत्ति विवाद अन्त्य गर्ने बताएका छन् ।
काठमाडौंमा आज आयोजित साक्षत्कारमा शेरचनले एमाओवादीले ६० र नेकपा–माओवादीले ४० प्रतिसत सम्पत्ति राख्ने बताए । ‘पार्टी विभाजन पछि नेकपा–माओवादीमा ३० प्रतिसत केन्द्रीय सदस्य गएका छन्,’ उनले भने, ‘अब हामीले सबै विषय मिलाएर ४० र ६० प्रतिसतको अनुपातमा सम्पत्ति बाँडफाँट गर्छौं ।’
नेता शेरचनले एमाओवादीसँग रहेको सम्पत्ति जोड्ने कार्यमा नेकपा–माओवादीका नेताहरुको समेत सहभागिता रहेको बताए । ‘सम्पत्ति जोड्न मोहन बैद्यजीहरुको पनि मेहनत छ,’ उनले भने, ‘नेकपा–माओवादीले भाग पाउनु न्यायोचित हुन्छ ।’
एमाओवादी विभाजन भए पछि सम्पत्ति बाँडफाँटलाई लिएर दुई मओवादीबीच विवाद छ ।
एमाओवादी भित्रको भ्रष्टाचार छानविन गर्न गठित आयोगका संयोजक समेत रहेका नेता शेरचनले असोज–१० गते भित्रै भ्रष्टाचारका बारेमा भएको छानविनको यथार्थ विवरण सार्वजनिक गर्ने बताए ।
‘असोज–३ गते सम्म परेका उजुरीको छानविन सकिन्छ,’ उनले भने, ‘असोज–१० गते भित्र पार्टी भित्र भएको भ्रष्टाचार सम्बन्धी विषय सार्वजनिक गर्छौं ।’
पार्टीमा भ्रष्टाचार गरेको भन्दै अध्यक्ष पुष्पकमल दाहाल सहितका नेताहरु विरुद्ध ६५ वटा उजुरी परेका छन् । ति मध्ये २० वटा उजुरी सुझावका रुपमा आएको शेरचनको भनाई छ ।

प्रतिक्रिया