खड्का तेक्वान्दो मूलधारमा

काठमाडौं, १ असोज । चार महिनाअघि तेक्वान्दो युनियनमा आबद्ध भएका अशोक खड्कासहितको टोली नेपाल तेक्वान्दो संघमा आबद्ध भएका छन् ।
आइतबार तेक्वान्दो प्रशिक्षक हेमन्त डाँगी र बद्री घिमिरेको उपस्थितिमा उनीसहित पाँचवटा डोजाङ संघमा आबद्ध भएको घोषणा गरेको हो । उनले चार महिनापछि आफू भ्रममुक्त भएको बताएका छन् ।
चौथो डान खड्का लखनउ अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा घाइते भएका कारण १३ महिनाअघि सक्रिय खेलाडी जीवनबा टाढा रहेका थिए । चार महिनाअघि खेलमा फर्कने क्रममा सुदूरपश्चिममा भएको राष्ट्रिय खेलकुदमा तेक्वान्दो युनियनको तर्फबाट प्रतिनिधित्व गर्दै पहिलो भएका थिए । उनले आफू घाइते भएको समयमा पनि तेक्वान्दो संघले गरेको सहयोग भुल्न नसकिने भएको बताएका छन् ।
उनीसँगै मूलपानी डोजाङ, भद्रवास डोजाङ, एभरेस्ट तेक्वान्दो डोजाङ, आलापोट तेक्वान्दो डोजाङ र सिन्धुपाल्चोकको हैपुङ तेक्वान्दो डोजाङले नेपाल तेक्वान्दो संघमा आबद्ध भएको घोषणा गरेका हुन् ।

प्रतिक्रिया