दुई पटक आकस्मिक अवतरण

दाङ, ३१ भदौ । कामचलाउ सरकारका प्रधानमन्त्री बाबुराम भट्टराई सवार हेलिकप्टर खराव मौसमका कारण दाङको भालुवाङमा आकस्मिक अवतरण गराईएको छ ।
साढे दुई घण्टा भालुवाङस्थित सशस्त्र प्रहरी बल ज्वालामाई गणमा बिताएर भट्टराई राजधानी प्रस्थान गरेका छन् । प्रत्येक महिनाको अन्तमा जनताको घरमा एक रात बास बस्ने घोषणा अन्तर्गत प्रधानमन्त्री भट्टराई शनिवार जुल्ला पगेका थिए ।
सुर्खेतबाट राजधानीका लागि उडेको भट्टराई सवार हेलिकप्टर मौसममा खराबी आएपछि साढे एघार बजे सशस्त्रको गणमा अवतरण गरेको प्रहरीले जनाएको छ ।
मौसममा केही सुधार आएपछि तीन बजे प्रधानमन्त्री सवार हेलिकप्टर राजधानी प्रस्थान गरेको दाङका प्रमुख जिल्ला अधिकारी मधुसुदन बुर्लाकोटीले जानकारी दिए ।
आजै भट्टराई सवार हेलिकप्टर भालुवाङ ओर्लनु अघि सुर्खेत विमानस्थलमा आकस्मिक अवतरण गरिएको थियो । मौसममा खराबी आएपछि विहान सवा १० बजे तिर सुर्खेतमा अवतरण गरिएको प्रहरी भनाई छ ।
यसअघि शनिवार जुम्ला जाने क्रममा मौसममा खराबी आएपछि बाँकेको कचनापुरमा हेलिकोप्टर आकस्मिक अवतरण गरिएको थियो । (फाईल तस्विर)

प्रतिक्रिया