रक्तचन्दन तस्कर र प्रहरीबीच झडप

सिन्धुपाल्चोक, ३० भदौ । सिन्धुपाल्चोक जिल्लाको फुल्पिङकट्टीमा रक्तचन्दन तस्कर र प्रहरीबीच झडप भएको छ ।
रक्तचन्दन तस्करसँग झडप भए पछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड हवाई फायर समेत गरेको छ । गएराति तस्कहरुले प्रहरी आएको थाहापाए पछि ढुङ्गा मुडा गरेका थिए ।
आफू माथि आक्रमण हुन थालेपछि प्रहरीले बाध्य भएर हवाइ फायर गर्नु परेको जनाएको छ ।
ठूलो समूहमा रहेका रक्तचन्दन तस्करको समूहले शक्रबार राति करिव ११ बजे प्रहरी माथि आक्रमण शुरु गरेका थिए । झडपमा दुवै तर्फ क्षति नभएको प्रहरी भनाई छ ।
प्रहरीले हवाइ फाएर गरेपछि रक्तचन्दन तस्करहरु भाग्न सफल भएको सीमा प्रहरी कार्यालय कोदारीका निरीक्षक विश्व कार्कीले जानकारी दिए ।
‘भरियालाई बोकएर तस्कहरुले ठूलो परिमाणमा चन्दन चीन निकासी गर्न लागेका रहेछन्,’ उनले भने, ‘सूचनाका आधारमा हामीले चन्दन र तस्करलाई नियन्त्रणमा लिन खोज्दा प्रहरी माथि नै आक्रमण भयो ।’
तस्करहरुले छाडेको चार गिण्ड रक्तचन्दन प्रहरीले बरामद गरेको छ । झडप भएको थाहा पाएपछि जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले थप सुरक्षाकर्मी त्यस तर्फ पठाएको जनाएको छ । फाईल तस्विर

प्रतिक्रिया